ad ad

राजनीति


रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

नेपालखबर
माघ १३, २०७९ शुक्रबार २०:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। 

सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको फैसलाले रद्द भएसँगै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।

रास्वपाका सभापति रवि लामिछानेसँग नपालको नागरिकता प्रमाणपत्र नभएको सर्वाेच्च अदालतले फैसला गरेपछि उनको सभापति, सांसद पद गएको छ।

यही विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्न आकस्मिक केन्द्रीय समितिको बैठको बोलाएको उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए।

‘हामीले सभापतिको नागरिकताको विषयमा सर्वाेच्चको फैसला आएपछि विकसित घटनाक्रमको बारेमा छलफल गरेर नयाँ निर्णय गर्न अहिले साढे नौ बजे केन्द्रीय सममितिको आकस्मिक बैठक बोलाएका छौँ,’ अर्यालले भने,‘बैठकका एजेण्डा अहिले तयार पार्दैछौं।’

स्रोतका अनुसार सभापति लामिछानेको पद गुमेपछि नयाँ सभापति चयन गर्ने कि कार्यवाहक बनाएर निर्वाचन आयोगमा जाने निर्णय गर्ने तयारी छ।

साथै, निवर्तमान सभापति लामिछानेको तत्काल नागरिकता प्राप्तिको तयारी गर्ने निर्णय गर्न सक्छ।

संयमता अपनाउन रास्वपाको आग्रह

यसका साथै चितवन क्षेत्र नम्बर २ मा उठाउने उम्मेदवारबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .