संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्।
पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै उनले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरेका हुन्।
हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पार्दै संघीयतालाई ठूलो विषय बनाउँदा झनै फस्दै जाने बताए।
‘अब संघीयतालाई फेरि अर्को प्रश्न गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले? सकौँला? हामी सधैँ १०÷१५ वर्षमा कन्स्टिट्युशन फेर्दै जाने? हामी यही नै हो त, हामी यहाँबाट परिष्कृत हुने हो हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौँ न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरु के हुन्छन्?’ उनले प्रश्न गर्दै भने, ‘हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ।संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौँ।’
फरक प्रसंगमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्नेकुरा अदालतले फैसला गर्ने बताए।
Shares

प्रतिक्रिया