राजनीति


एकपक्षीय कमिटी बनाएको भन्दै नेविसंघ संस्थापन इतर समूहको आपत्ति

एकपक्षीय कमिटी बनाएको भन्दै नेविसंघ संस्थापन इतर समूहको आपत्ति

नेपालखबर
माघ १७ , काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहनिकट विद्यार्थीहरुले नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वले एक पक्षीय रुपमा जिल्ला कार्यसमिति गठन गरेको भन्दै आपत्ति जनाएको छ। 

इतर समूहनिकट विदार्थीहरुको मंगलबार नेपाल ल क्याम्पसमा सम्पन्न भेलाले अध्यक्ष दुजाङ शेर्पाले एक पक्षीय जिल्ला कार्यसमिति बनाइरहेको भन्दै आपत्ति जनाएको हो। 

‘नेविसंघको विधान २०२७ को सातौं संशोधन को धारा ३१, २४ र २०७८ फागुन ३ गतेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयको समेत प्रतिकूल हुने गरी विभिन्न जिल्ला कमिटीहरु र क्याम्पस कमिटीहरुमा एक्पक्षीय  र गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु पूर्णतथा विधान विपरित भएकाले तत्काल नियुक्ति बदर गर्न र सो स्थानहरुमा विधिवत् रुपमा प्रतिनिधि खटाई अधिवेशनको वातावरण तयार गर्न ध्यानाकर्षण गर्दछौँ,’ भेलापछि विज्ञप्तिमा भनिएको छ। 

इतर समूह निकट विद्यार्थीहरुले विधि–विधानविपरीत गरिएका कुनै पनि नियुक्तिहरुलाई मान्यता नदिन र पदमा रहेका विद्यार्थी नेताहरुलाई पनि भ्रममा नपर्न आग्रह पनि गरेका छन्। 

उनीहरुले १ जना केन्द्रीय अध्यक्षको भरमा स्ववियु निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम निकाल्न नसक्ने भन्दै पार्टी नेतृत्वसँग नेविसंघलाई पूर्णता दिन पनि माग गरेका छन्। 

‘चैत ५ गते त्रिविले स्ववियु निर्वाचन गर्न तयारी गरिरहेको छ। तर, हालसम्म पनि नेपाली कांग्रेस पार्टी नेतृत्वको गैरजिम्मेवारीका कारण नेविसंघ १ जना व्यक्तिमा सीमित गरिनुले स्ववियु निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम निकाल्न कठिनाइ हुने कुरामा हामी चिन्तित छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि हामी पार्टी नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदै संघको वैधानिक पूर्णताको माग समेत गर्दछौँ।’

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.