ad ad

राजनीति


ओलीको कटाक्ष : कांग्रेस त राज्यमन्त्री दिए पनि सरकारमा आउँछ

ओलीको कटाक्ष : कांग्रेस त राज्यमन्त्री दिए पनि सरकारमा आउँछ

विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा केपी ओली। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १३:५७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकारमा आउन मरिहत्ते गरिरहेको बताएका छन्।

बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले राष्ट्रिय सहमतिको नाममा कांग्रेसले राष्ट्रपति पद मागेर राजनीतिक संस्कार नदेखाएको टिप्प्णी पनि गरेका छन्।

तर उनले कांग्रेसले राष्ट्रपति हामीलाई दिनुपर्छ, हामीले पाउनुपर्छ भन्नु अनौठो नभएको बताए। 

'अहिले राष्ट्रपतिको उम्मेदवार सत्ता पक्षबाटै हुन्छ', उनले भने, 'कांग्रेसले राष्ट्रपति पद खोजेर राजनीतिक चरित्र देखाएन।'

उनले कांग्रेस राज्यमन्त्री दिए पनि सरकारमा आउने बताए। 'गृहमन्त्रीको कुरा छाडौँ, कांग्रेस त गृहराज्यमन्त्री दिए पनि सरकारमा आउँछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .