नेपाली कांग्रेस संस्थापन इतर समूहले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तयारी समिति गठन गरेको छ।
नेपाल ल क्याम्पसमा शुक्रबार बृहत भेला आयोजना गरेर इतर समूहका विद्यार्थीहरुले स्ववियु निर्वाचनका लागि तयारी समिति गठन गरेको हो।
नेविसंघको वैधानिक पूर्णताको मागसहित स्ववियु निवार््चनको तयारी र संगठन भित्रको एकाधिकारविरुद्ध खवरदारी भेला गर्दै निर्वाचन तयारी समिति गठन गरिएको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए।
‘चैत ५ गते हुने स्ववियु निर्वाचन नजिकिँदैछ। पछिल्लो समय नेविसंघभित्र एकाधिकार हावी भएको छ। स्ववियु निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम ल्याउन संगठनलाई विधिसम्मत आमसहमतिका आधारमा अगाडि बढाउन आवश्यक छ,’ उनले भने, ‘नेविसंघको तत्काल पूर्ण वैधानिक समिति गठन अपरिहार्य छ। त्यसकारण हामीले वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि १३ वटा समितिहरु गठन गरेका छौँ।’
भट्टका अनुसार भेलाले धर्मराज शाहीको संयोजकत्वमा घोषणा पत्र निर्माण समिति, इन्जनिनियर सुवास पौडेलको संयोजकत्वमा स्ववियु परिचालन समिति, इन्जिनिनियर भुवन भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ।
स्ववियु समन्वय समिति संयोजकमा विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजकमा राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजकमा सुशान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजकमा नवीन के.डी., युवा विद्यार्थी परिचालन समिति संयोजकमा जयराम बडाल, नेविसंघ सम्पर्क समिति परिचालन समिति संयोजकमा तिर्थ मिश्र चयन भएका छन्।
भेलाले स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजकमा ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति संयोजकमा तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजकमा मुना कँडेल, प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरेको भट्टले बताए।
प्रतिक्रिया