ad ad

ग्लोबल


अमेरिकी आकाशमा ‘जासुसी बेलुन आतंक’, चीनले के भन्यो?

अमेरिकी आकाशमा ‘जासुसी बेलुन आतंक’, चीनले के भन्यो?

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १७:५९, काठमाडौँ

अमेरिका र क्यानाडामा बुधवार एक शंकास्पद बेलुन भेटिएको घटनामा चीनले मुख खोलेको छ।

अमेरिका र क्यानाडाले यो बेलुन चीनले जासुसीका लागि छाडेको शंका गरिरहेका बेला बेइजिङले आफ्नो धारणा सार्वजनिक गरेको हो। 

तर अमेरिकी अधिकारीहरुले यो बेलुन जासुसीका लागि चीनले नै छाडेको जिकिर गरिरहेका छन्। 

चीनको विदेश मन्त्रालयले अमेरिकाको यो दाबीबीच शान्ति कायम राखिराख्न अपिल गरेको छ। 

बेइजिङले तथ्यको राम्ररी जाँच नगरी केवल अड्कलका भरमा बढाइँचढाइँ गरेर बोल्दा समस्याको समाधान नहुने जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्ग चीन अहिले यस शंकास्पद बेलुनसम्बन्धी रिपोर्टबारे जाँच गरिरहेको बताएकी छन्।

उनले जबसम्म तथ्य बलियो प्रमाण मिल्दैन तबसम्म अनुमान लगाउँदै हल्ला मच्चाएर समाधान ननिस्किने बताएकी छन्। 

बिहीबारको पत्रकार सम्मेलनमा अमेरिकाले बेलुको वास्तविक लोकेशन बताउन इन्कार गरेको थियो। अमेरिकाले यस बेलुनको आकार र यससँग जोडिएको विवरण पनि उल्लेख गर्न असवीकार गरेको छ।

एक अमेरिकी रक्षा अधिकारीले भने, 'केही पाइलटले धेरै उचाइमा जहाज उडाउने क्रममा यो बेलुन देखेका रहेछन्। यस्तोमा तपाईंहरुले यसको आकारबारे अनुमान लगाउन सक्नुहुन्छ।'

उनका अनुसार यस्ता बेलु पहिले पनि अमेरिकी आकाशमा देखिएका थिए। तर यस पटक यो बेलुनले पहिलो पटक निरन्तर केही दिनदेखि उडान भरिरहेको उनले बताए

दुई दिनअघि बुधवार मात्रै  अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यस बेलुनलाई उडिरहेको अवस्थामा देखिएको थियो। जसका कारण कयौँ जहाजको उडान नै रोक्नुपरेको थियो।

अधिकारीहरुले मोन्टानामा देखिनुअघि यो बेलुन अलास्काको एल्युटियन द्वीप र क्यानाडाको आकाशमा पनि देखिएको थियो।

तर दुवै देशका सैन्य अधिकारीहरुले यसको फोहोर संवेदनशील सरकारी कार्यालयहरुमा खस्ने खतराका कारण यसलाई नखसाल्ने निर्णय लिएका थिए। 

अर्कातिर क्यानाडाले आफ्नो एयरस्पेसको सुरक्षा सुनिश्चित गर्न र आगामी दिनमा हुन सक्ने यस्ता घटनामाथि निगरानी गर्न उचित कदम उठाउने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .