ad ad

राजनीति


गठबन्धनभित्र खटपट सुरु भइसक्यो, राष्ट्रपतिको निर्वाचनसम्म टिक्ला : माधव नेपाल

गठबन्धनभित्र खटपट सुरु भइसक्यो, राष्ट्रपतिको निर्वाचनसम्म टिक्ला : माधव नेपाल

केन्द्रीय कमिटी बैठकमा सम्बाेधन गर्दै अध्यक्ष माधव कुमार नेपाल।


नेपालखबर
माघ २१, २०७९ शनिबार १६:५१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गरे।

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो? भनि प्रश्न समेत गरे। 

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे। 

उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए।

‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ। यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो? यसै भन्न सकिने अवस्था छैन’, नेपालले भने, ‘हाम्रो ध्यान अरु कुरामा होइन। देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ। संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ। संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ। राजतन्त्रको वकालत गरिएको छ। नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ। संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन भने त्यसले संकटको सन्देश दिन्छ।’

हिजोको राजनीतिका कारण सरकारप्रति र अहिलेका मन्त्रीहरुप्रति जनता निरा हुँदै गएको पनि उनले बताए। ‘भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन्।’ नेपालले भने।

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .