ad ad

राजनीति


ओली र रविबारे शेखर कोइराला : सञ्चार क्षेत्र र न्यायालयलाई कसैको धम्की स्वीकार्य छैन

ओली र रविबारे शेखर कोइराला : सञ्चार क्षेत्र र न्यायालयलाई कसैको धम्की स्वीकार्य छैन

नेपालखबर
माघ २३, २०७९ सोमबार १८:५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी स्वीकार्य नहुने बताएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको अन्तरक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिका र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सञ्चार क्षेत्रबारे टिप्पणीबारे नेता कोइरालाले प्रतिक्रिया दिएका हुन्।

‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्', ओली र लामिछानेले दिएका अभिव्यक्तिबारे डा. कोइरालाले भने, 'यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’

नेता कोइरालाले रवि लामिछानेको सांसद पद खारेज भएर रिक्त रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने पनि बताएका छन्। 

यसअघि कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि पार्टी नेता कार्यकर्ता एक भएमा उपनिर्वाचन जित्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .