ad ad

बागमती


बस्दै नबसी स्थगित भयो बागमती प्रदेश सभा बैठक

बस्दै नबसी स्थगित भयो बागमती प्रदेश सभा बैठक

नेपालखबर
माघ २३, २०७९ सोमबार १८:९, हेटाैँडा

सोमबार अपराह्न १२ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ।

बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा तथा राप्रपाले समितिमा आफ्नो पनि सदस्य चाहिने भन्दै विरोध गरेपछि प्रदेशसभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो। 

प्रतिपक्ष दल कांग्रेस र समाजवादीका नेताहरूले संघीय सरकारमा समेत समिति गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको भन्दै आलटाल गरेका छन्। त्यस्तै, राप्रपालाई समितिमा समावेश नगरेको भन्दै राप्रपा सांसदहरुले विरोध गरेपछि बैठक प्रभावित बनेको हो। 

विवादका कारण बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको बताइएको छ। 

हिजो आइतबार बसेको बैठकले बागमती प्रदेशको कार्य व्यवस्था परामर्श समिति निर्माण गरेको थियो।

समितिका सदस्यहरूमा एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसूदन पौडेल, भारती पाठक माओवादीबाट रत्न ढकाल, राधिका तामाङ, काङ्ग्रेसबाट छिरिङ दोर्जे लामा, कुन्दन राज काफ्ले, रामकृष्ण चित्रकार, हरिप्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओम कुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोर्साइँ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .