नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ जस्तै लागिरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।
आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।
नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।
‘मलाई यो संसद होकि चुनावी सभा हो? छटयाउन गाह्रो भइरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन', उनले भने, 'सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ।’
नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धतासमेत जनाए।
प्रतिक्रिया