परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले बुधबार महाभूकम्पबाट मानवीय र भौतिक क्षति व्यहोरेको टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन संवाद गरेकी छन्।
उनले शक्तिशाली भुकम्पमा ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेकी हुन्।
बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन्।
वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीस्थित नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरेकी छन्।
भूकम्पप्रभावित टर्कीमा नेपालले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने
२०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस्तो संकटमा नेपाल सरकारको सदैव साथ रहने प्रतिवद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले जनाइन्।
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भुकम्पमा परेका नागरिकको उद्धार जारी रहेको जानकारी दिए।
सोमबार बिहान टर्कीमा गएको ७ .८ म्याग्निच्यूडको भुकम्प गएको थियो। अहिलेसम्म त्यहाँ करिब ९ हजारले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया