राजनीति


प्रेस स्वतन्त्रताको पक्षमा सतिसाल झैँ उभिन्छौँ : नैनसिंह महर

प्रेस स्वतन्त्रताको पक्षमा सतिसाल झैँ उभिन्छौँ : नैनसिंह महर

नेपालखबर
माघ २५, २०७९ बुधबार १९:१०, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताए।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उनको धारणा थियो। 

‘जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन्। यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ’ उनले भने।

अझ स्वतन्त्र प्रेसविना त झन् लोकतान्त्रिक व्यवस्थाले ठिकसँग कामनै गर्न नसक्ने उनको धारणा थियो। लोकतान्त्रिक व्यवस्थाविना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पुरा हुननसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिए। 

‘नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निश्चपक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ। कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ। लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं। फेरि भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैँ उभिन्छौँ’ उनले भने।

उनले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गरे।

‘निर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन। लोकतन्त्र नफस्टाएसम्म विकास सम्भव छैन। त्यसैले लोकतन्त्र बचाउन राज्यका यी अंक स्वतन्त्र हुनुपर्ने पर्छ। यिनीहरूमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन’उनले भने।

प्रेसका बारेमा पछिल्लो पटक आईरहेका धारणा प्रति लक्षित गर्दै उनले कसैको नाम नलिएरै पछिल्लो समय प्रेममाथि भइरहेको आक्रमणले आफूहरूलाई दुःखी तुल्याएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .