राजनीति


फेरि गृहमन्त्री पाए सरकारमा सहभागी हुन स्वतन्त्र पार्टी खुल्ला

फेरि गृहमन्त्री पाए सरकारमा सहभागी हुन स्वतन्त्र पार्टी खुल्ला

फाइल फोटाे


नेपालखबर
फागुन १, २०७९ सोमबार १९:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्ता गठबन्धनका दलहरूसँग भएको पुरानो सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने निणैय गरेको छ। 

‘केही सहमति भयो भने हामी सरकारमा पुनः सहभागी हुन्छौँ’, रास्वपाका एक नेताले भने, ‘त्यसबारे सभापतिले छलफल गर्नुहुन्छ।’

सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उपप्रधानमन्त्री र गृह पाए फेरि सरकारमा सहभागी हुन खुला रहेको निर्णय गरेको ती नेताले बताए। 

‘सरकारमा सहभागी हुन हाम्रो पार्टी खुल्ला छ’, ती नेताले नेपालखबरसँग भने, ‘त्यसका लागि कि पुरानो सहमति कार्यान्वयन हुनुपर्‍यो, नभए नयाँ खालको सहमति हुनुपर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ।’ 

नागरिकता प्रकरणले सर्वोच्च अदालतबाट सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले गैर सांसदकै रुपमा मन्त्री हुन खोजेका थिए। तर, प्रधानमन्त्री तयार नभएपछी रवि सरकार छोडेर बाहिरिएका थिए।

नेताहरूका अनुसार सरकारमा आउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई बढी जोड गरेका छन्। बैठकमा सत्ता साझेदार बैठक, उच्च स्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारे सभापति लामिछानेले ब्रिफिङ गरेका थिए। 

बैठकले चितवन २ मा हुने उपनिर्वाचनमा सभापति लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसका लागि समयमै चुनावको मिति तोकेकोमा स्वागत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .