ad ad

राजनीति


जनयुद्ध दिवसले माओवादीका सबै घटक एक ठाउँमा उभिने वातावरण बन्यो : तामाङ

जनयुद्ध दिवसले माओवादीका सबै घटक एक ठाउँमा उभिने वातावरण बन्यो : तामाङ

नेपालखबर
फागुन २, २०७९ मंगलबार १८:१७, काठमाडौँ

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले बलियो माओवादी केन्द्र निर्माणको प्रक्रिया अघि बढेको बताएका छन्। 

सरकारले जनयुद्ध दिवस (फागुन १ गते) दिएको सर्वाजनिक बिदाले माओवादीका सबै घटकहरु एक ठाउँमा उभिने वातावरण बनेको उनले बताए। 

२८औं माओवादी जनयुद्ध दिवसका अवसरमा गृहजिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममा उनले मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्दसहित विभिन्न समूहमा विभक्त माओवादी समूहहरु एकै ठाउँमा उभिने वातावरण बनेको बताएका हुन्।

माओवादीकै नेतृत्वमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा समाजका सबै वर्ग, जाति, लिंग र क्षेत्रको अधिकार ग्यारेन्टी हुने गरी संविधानसभाबाट संविधान जारी भएको स्थापित इतिहास अबको सयौं वर्षसम्म पनि कसैले मेटाउन नसक्ने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .