खेल


घरेलु मैदानमा ब्याटिङ र बलिङ दुवै चलेपछि...(तस्बिरहरु)

घरेलु मैदानमा ब्याटिङ र बलिङ दुवै चलेपछि...(तस्बिरहरु)

नेपाललाई जिताउने क्रममा कुशल भुर्तेल सन्दीप जोरा मैदानमा। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन २, २०७९ मंगलबार १८:२६, काठमाडौँ

नेपालले घरेलु मैदानमा नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ। 

कुशल मल्लको शतकीय पारीमा आइसीसी लिग २ विश्वकप एक दिवसीय क्रिकेटअन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको हो। 

नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। यस्तोमा नेपालको बलिङ र ब्याटिङ दुवै चलेको छ।

बलिङतर्फ करण केसीले ५ विकेट लिँदा ६ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका सन्दीप लामिछानेले तीन विकेट लिए।

उता बलिङ जस्तै ब्याटिङ पनि नेपालको धारिलो रह्यो। यसअघि बलिङमा सुधार देखिएको नेपालको ब्याटिङमा समस्या देखिने गरेको थियो।

तर ओपनर आशिफ शेख शून्य र ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएको अवस्थामा अर्का ओपनर कुशल भुर्तेल र चौथो क्रममा रोहित पौडेलले शानदार पारी खेले।

नेपालका लागि कुशल भुर्तेल १ सय १५ रनको सर्वाधिक योगदान दिए। कुशलले १ सय १३ बलमा १० चौका र ४ छक्का हाने। 

कप्तान रोहित पौडेलल ७२ रनको महत्वपुर्ण योगदान दिदैँ पवेलियन फर्के। ७६ बलको सामना गरेका रोहितले ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए। 

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ब्याटिङ र बलिङ दुवै लयमा देखिँदा नेपाली टोलीमा उत्साहको सञ्चार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .