खेल


एनपीएल अक्सनः पोखरा एभेन्जर्सले किन्यो क्याटोगोरी ‘सी’ बाट ३ खेलाडी

एनपीएल अक्सनः पोखरा एभेन्जर्सले किन्यो क्याटोगोरी ‘सी’ बाट ३ खेलाडी

नेपालखबर
असार २२, २०८३ सोमबार १७:९, काठमाडौँ

पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका क्याटोगोरी ‘सी’ बाट ३ खेलाडी खरिद गरेको छ।

सुदीप अर्याललाई ३ लाख रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको हो। अन्य टोलीले पनि सुदीपमाथि बोली लगाएका थिए।

त्यसअघि विवेक रानामगर २ लाख ७५ हजार रुपैयाँमा पोखरा एभेन्जर्सले खरिद गरेको छ। उनीमाथि अन्य टोलीले पनि बोली लगाएका थिए।

यस्तै सन्नी विकलाई पनि न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको छ।

यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई २ लाख रुपैयाँमा खरिद गरेको थियो। सुदूरपश्चिमले अयुब चन्दलाई न्यूनतम २ लाख रुपैयाँमा खरिद गरेको छ।

अक्सनमा क्याटोगोरी ‘सी’ बाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्। सुदूरपश्चिमले उनलाई न्यूनतम रकम २ लाख रुपैयाँमा खरिद गरेको हो।

उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाडी हुन्।

अरनिको यादवलाई २ लाख रुपैयाँमा लुम्बिनीले खरिद गरेको छ।

यस्तै ब्याटर सुजन थपलिया ४ लाख २५ हजार रुपैयाँमा विराटनगर किंग्स पुगेका छन्। क्याटोगोरी सी का सुजनमाथि अन्य टोलीले बोली लगाए पनि सर्वाधिक बोली लगाउँदै विराटनगरले उनलाई खरिद गरेको हो।

जारी अक्सनमा उनीमाथि सर्वाधिक रकममा बोली लागेको हो। अशोक धामी न्यूनतम २ लाख रुपैयाँमा चितवन राइनोज पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad