ad ad

राजनीति


स्ववियुमा राम्रो मान्छे उठाउन नेविसंघलाई कांग्रेस नेतृ राणाको निर्देशन

स्ववियुमा राम्रो मान्छे उठाउन नेविसंघलाई कांग्रेस नेतृ राणाको निर्देशन

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १९:२३, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अब हुने स्ववियु निर्वाचनमा राम्रो मान्छेलाई उम्मेदवार बनाउन नेपाल विद्यार्थी संघलाई निर्देशन दिएकी छन्। 

शुक्रवार कैलालीको धनगढीमा नेविसंघले आयोजना गरेको स्ववियु निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। 

उनले भनिन्, ‘अब एकदमै सोचेर सम्झेर मात्र क्याम्पसहरुमा कसले जित्न सक्छ? को टपर छ? कसले नेगोसियसन गर्न सक्छ। कसले सबैलाई चिन्छ? यो सबै कुरालाई सोचेर मात्र उम्मेदवार उठाउनुहोला।’ 

उनले हरेक भोटर एकता गर्न सक्नुपर्ने र त्यो गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेकी छन्। 

उनले थपिन्, ‘बारिहबाट टपक्क मान्छे टिपेर ल्याउने अनि चुनाव भन्दा २ दिन अगाडि मान्छेलाई खडा गरेपछि त्यहाँ त्यो मान्छे कसरी जित्छ? कसैले चिनेको पनि हुँदैन। र अहिलेको भोटरले त सिधा सम्पर्क खोज्छ। यो सबै गरेपछि मात्र हामी इलेक्सनमा सफल हुन सक्छौँ?’ 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य राणाले विद्यार्थीले पनि राजनीति गर्नुपर्ने बताइन्। 

‘राजनीति कुनै चराले गर्ने कुरा होइन। मन्त्री र प्रधानमन्त्रीले मात्र राजनीति गर्दैन। हाम्रो हरेक दिनको दैनिक कुरामा पनि राजनीति हुन्छ। यो कुरालाई नबिर्सिएर तपाईहरुले तयारी गर्नुहोला,’ उनले भनिन्। 

राजनीतिले महिलाहरु पनि सशक्त हुने र उनीहरुको जिन्दगी अगाडि बढ्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .