राजनीति


प्रचण्डलाई भेट्न बिहानै विष्णु र रवि पुगे बालुवाटार

प्रचण्डलाई भेट्न बिहानै विष्णु र रवि पुगे बालुवाटार

फाइल।


नेपालखबर
फागुन ८, २०७९ सोमबार १०:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन्। सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए।

‘सभापति(रवि लामिछाने)जीले राष्ट्रपतिको चुनावको विषयमा अपडेट लिन आज बिहानै प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो’, रविनिकट एक नेताले नेपालखबरसँग भने, ‘सभापति भएपछि र गठबन्धन एक घटक भएपछि निर्वाचनको विषयमा चासो लिनु स्वभाविक हो।’

त्यसलगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले नेपालखबरलाई जानकारी दियो।

छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन।

माओवादीको आजै पदाधिकारी बैठक बस्दै छ। अपरान्ह बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे प्रचण्डले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .