ad ad

राजनीति


पुस १० को सहमतिबाट पछि हटे प्रधानमन्त्रीको पद गुम्छ : विशाल भट्टराई (भिडिओ)

पुस १० को सहमतिबाट पछि हटे प्रधानमन्त्रीको पद गुम्छ : विशाल भट्टराई (भिडिओ)

ध्रुव भट्टराई
फागुन ८, २०७९ सोमबार १९:५६, विराटनगर

सत्ता साझेदार दल नेकपा एमालेले गत १० पुसमा भएको सहमतिबाट नेकपा माओवादी केन्द्र पछि हटे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद पनि सकिने प्रतिक्रिया दिएको छ। 

सत्ता साझेदार दलको प्रमुख घटक समेत रहेको एमाले नेता विशाल भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई पुन: एक पटक १० पुसको सहमति स्मरण गर्न सचेत गराएका छन्।

आइतबार (७ फागुन) राति प्रधानमन्त्रीलाई भेटेर प्रतिपक्षी दल नेपाली कांग्रेसले भेटेर राष्ट्रपति निर्वाचनमा सघाउन आ्रपचारिक प्रस्ताव गरेसँगै भट्टराईले यस्तो बताएका हुन्।

सोमबार विराटनगरमा नेपालखबरसँग कुराकानी गर्दै भट्टराईले १० पुसको सहमति तोडेर प्रधानमन्त्रीले अनैतिक बाटो रोजेको खण्डमा प्रधानमन्त्री पद गुम्ने दाबी गरेका हुन्। 

‘सत्ता साझेदार दलहरूबीच पुस १० मा भएको सहमति तोडेर प्रधानमन्त्री अनैतिक बाटोमा लाग्नु होला भन्ने मलाई लाग्दैन’, भट्टराईले भने, ‘यदी उहाँ त्यो बाटोमा जानुभयो र पुस १० को सहमति उल्लङ्घन गरेर आफैले गरेको त्यो गठबन्धनलाई त्यतैतिर पछ्याउन लाग्नु भयो भने, भिरतिर जाने गाईलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन।’

वर्तमान गठबन्धन तोडेको अवस्थामा प्रधानमन्त्रीको विश्वशनियता गुम्ने उनको तर्क छ। 

भिडिओः

‘उहाँलाई हामी केहीमा पनि जोगाउन सकिँदैन, उहाँको विश्वसनियता गुम्छ, प्रधानमन्त्रीको पद पनि सकिन्छ,’ भट्टराईले थपे।

साथै, उनले प्रधानमन्त्रीलाई उक्त सहमति स्मरण गर्न समेत आग्रह गरेका छन्। 

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेको उम्मेदवारमा सहमति भइसकेको भन्दै अहिले अन्य दलसँग वार्ता गर्नु आफैंमा अनैतिक रहेको उनले टिप्पणी गरे। 

छसत्ता गठबन्धन भित्रका दलहरूबिच पुस १० मा भएको त्यो सहमति उल्घंन गर्ने कुरा चाही व्यक्तिको विश्वसनियतासँगै गम्भीर प्रश्न उठ्छ।’ उनले भने, ‘ त्यसैले अहिलेसम्म वार्ता संवाद भए पनि पुस १० को त्यो सहमति कार्यान्वयन हुन्छ र एमाले नै राष्ट्रपतिको पद प्राप्त गर्छ।’

पार्टीका नेताहरूसहित बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए। उक्त औपचारिक आग्रहपछि पाँच दलीय गठबन्धन समेत पुरानै अवस्थामा फर्काउने तयारी भएको भन्दै एमाले संशकित बनेको छ। 

देउवाको उक्त आग्रहपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको नाम टुंग्याउने विषयमा निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .