ad ad

राजनीति


राष्ट्रपति संवैधानिक भूमिकामा अडिग रहनुपर्छ : पम्फा भुसाल

राष्ट्रपति संवैधानिक भूमिकामा अडिग रहनुपर्छ : पम्फा भुसाल

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १६:५९, विराटनगर

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले राष्ट्रपति संवैधानिक भूमिकामा तटस्थ हुनुपर्ने बताएकी छिन्। 

जनताले पनि अबको राष्ट्रपति संवैधानिक भूमिकामा अडिग रहेको देख्न चाहेको उनको भनाइ छ।

माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को प्रदेश सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै भुसालले संविधानको रक्षा गर्ने भूमिका निर्वाह गर्ने खालको राष्ट्रपति राष्ट्रिय सहमतिमा तय गरिनु पर्ने बताइन्।

उनले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उनले राज्यको  अभिभावकीय भूमिका निभाउन नसकेको पनि आरोप लगाइन्। 

उपाध्यक्ष भुसालले भनिन्, ‘संविधानको रक्षाका लागि राष्ट्रपतिको भूमिका हुनु पर्छ। तर जनताले सो कुरा राष्ट्रको अभिभावकबाट महसुस गर्न पाएनन्। अबको राष्ट्रपति संविधानको रक्षा गर्ने सक्षम र राष्ट्रको अभिभावकको भूमिकामा देखिन सकियोस्।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .