नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ।
बुधबार (१० फागुन) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन लगायत समसामयिक राजनीतिका विषयमा छलफल गनर्ने एजेन्डा रहेको छ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
नेपाली कांग्रेसले एक÷दुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ।
राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ।
सो बारे पनि पार्टी बैठकमा ब्रिफिङ गर्ने सम्भावना छ।
36
Shares

प्रतिक्रिया