नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पाैडेले हुने पक्का भएको छ।
राष्ट्रपतिको उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका हुन्। सो प्रस्ताव अनुमोदन गर्न कार्यसम्पादन समितिको बैठक सुरु भएको हो।
सत्तारुढ नेकपा माओवादी केन्द्रसहित शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसका उम्मेदवारलाई नै राष्ट्रपतिमा जिताउने निर्णय गरेको छ।
348
Shares
प्रतिक्रिया