आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको तयारीका लागि नेपाल विद्यार्थी संघले केन्द्रीय प्रतिनिधि खटाएको छ।
उपत्यकामा रहेका त्रिविका ३५ आंगिक क्याम्पसहरुमा नेविसंघले केन्द्रीय प्रतिनिधि खटाएको हो।
शेखर समूहका विद्यार्थी नेताहरुले बैठकबाट निर्णय गरि स्ववियु निर्वाचन हुने उपत्यकाका ३५ वटा त्रिविका आंगिक क्याम्पसहरुमा केन्द्रीय प्रतिनिधि खटाएको नेता इ. भुवन भट्टले बताए।
‘त्रिविको स्ववियु निर्वाचन कार्यतालिका अनुरुप स्ववियु निर्वाचनका लागि फागुन १९ गते संगठन दर्ताको समय नजिक आइसकेका कारण हाम्रो तयारीलाई व्यापक रुपमा अगाडि बढाउँदै नेविसंघलाई विजय गराउन तयारी गर्नका लागि क्याम्पसहरुमा नेविसंघका तर्फबाट प्रतिनिधि खटाएका हौँ’नेता भट्टले भने।
संगठन दर्ताको दिन नेविसंघको उपस्थिति व्यापक गराउने र क्याम्पसहरुमा नेविसंघलाई विजय गराउन प्रचारप्रसार सँगै तयारि व्यापक रुपमा अगाडि बढाउन प्रतिनिधि खटाएको भट्टले बताए।
स्ववियु निर्वाचनको मुखमा नेविसंघका दुई खेमाबीच आरोप-प्रत्यारोप
Shares

प्रतिक्रिया