राजनीति


राष्ट्रपति निर्वाचनका दिन जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

राष्ट्रपति निर्वाचनका दिन जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

नेपालखबर
फागुन २४, २०७९ बुधबार १६:३४, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले फागुन २५ गते (बिहीबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ। 

जसपाले भोलि बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ। बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ। 

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ। 

यस्तै, भागबण्डामा जसपाले उपराष्ट्रपति पाउने सहमति गठबन्धन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .