राजनीति


माओवादी आन्दोलन क्रान्ति होइन, संगठित हिंसा र आतंक : गोकुल बास्कोटा

माओवादी आन्दोलन क्रान्ति होइन, संगठित हिंसा र आतंक : गोकुल बास्कोटा

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १५:५०, काठमाडौँ

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले नेता बास्कोटाले माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको बताएका छन्।

बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीहरुले भन्ने गरेको जनयुद्धलाई राजनीतिक खोलभित्र देखिएको सामाजिक फासिवाद भनि टिप्पणी गरे।

उनले संक्रमणकालीन न्यायको विषय मानवअधिकारसँग जोडिएको भन्दै सत्ता र शक्तिको लेखाजोखा र स्वार्थका लागि काम हुन नहुने बताए।

उनले भने, ‘एकदम प्रष्ट छ यसमा। सत्ताको, शक्तिको वा द्वन्द्वरत पक्षहरुको व्यक्तिगत खुशियालीमा, नाफा वा घाटामा लाखौँ मान्छेहरुको मानवअधिकारसँग जोडिएको प्रश्न व्यक्तिगत लेखाजोखा र स्वार्थको विषय होइन। यो हाम्रो नेपालले पक्ष राष्ट्र भएर अन्तर्राष्ट्रिय रुपमा गरेको मानव अधिकारका सन्धि, अभिसन्धि, महासन्धि, नेपालको संविधान र शान्ति सम्झौताले पनि निरुपण गरेका कुराहरु यसमा पर्छन्।

सरकारले ऐन ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी दिए। उनले मानव अधिकारका अन्तर्राष्ट्रिय खमापनहरुका आधारमा सो विषय अगाडि बढाउनुपर्ने बताए।’

उनले भने, ‘छ महिनामा सिध्याउने भनेको कुरा १६ वर्षसम्म नसिध्याएपछि अनि मुद्दा धाउँदा धाउँदै परलोक हुने त मान्छेहरुले। ऐन ल्याएर समितिमा छलफल नगर्ने हुलमुलमा पास गरेर त बडा जटिल अवस्थाको सिर्जना हुनसक्छ। यसको स्याण्डर्ड मानव अधिकारका अन्तर्राष्ट्रिय मापनहरुका आधारमा र नागरिकले पाउने, निहत्था मान्छेहरुले, निर्दोष मान्छेहरुले पाउने न्याय मर्न सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .