राजनीति


बेलायतकी राज्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

बेलायतकी राज्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

बेलायतकी राज्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १२:११, काठमाडौँ

बिहीबार नेपाल भ्रमणमा आएकी बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मेरी ट्रेभेलियनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। 

तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग संवाद गरेकी हु्न्। 

नेपालको प्रमुख दातृराष्ट्र बेलायतकी मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच दुई देशको सम्बन्धका विभिन्न आयामबारे कुरा भएको छ।

राज्यमन्त्री मेरीले नेपाल–बेलायत सन्धि (सन् १९२३) सय वर्ष पुगेको अवसरमा नेपाल आएकी हु्न्। 

भ्रमणका क्रममा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्दैछिन्। 

उनले नेपालमा रहँदा बेलायत सरकारको लगानीमा सञ्चालित विकास परियोजनाको अवलोकन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .