राजनीति


जसपालाई उपराष्ट्रपति पद दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

जसपालाई उपराष्ट्रपति पद दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १२:१९, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकारेका छन्। 

शुक्रवार ललितपुरको बोडे गाउँस्थित पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रममा उनले यस्तो स्वीकार गरेका हुन्। 

खड्काले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनावमा गएपछि सहमतिअनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएको बताए। 

तर अब त्यसलाई आन्तरिक रुपमा सच्याएर अघि बढेको उनले बताए। उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलबीच सुक्ष्म संवाद अघि बढाउँदै लगेकाले बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए।

उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भएपनि गठबन्धनबीच जनता समाजवादीलाई नै उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताए।

उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए। खड्काले दलहरुबीच सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए।

‘उपराष्ट्रपति निर्वाचनबारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ’, उनले भने, ‘दलहरुबीच सहमति गरेर उपराष्ट्रपति निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलबीच प्रवेश गरिसकेका छैन । त्यसैले बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .