राजनीति


राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १४:३९, काठमाडौँ

बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पराजित एमाले उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।

नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङले शुक्रबार चुनावी खर्च निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका हुन्। 

नेम्वाङका प्रतिनिधि सांसद महेश बर्तौलाले निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको विवरण अनुसार चुनावका क्रममा १६ हजार ५ सय खर्च भएको छ।

उक्त खर्च विवरण निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई नेम्वाङका निर्वाचन प्रतिनिधि बर्तौलाले पेश गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad