राजनीति


विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस–माओवादीलाई नेता रिजालको चुनौती

विकासमा प्रतिस्पर्धा गर्न कांग्रेस–माओवादीलाई नेता रिजालको चुनौती

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १७:४०, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिमालले विकास निर्माणमा प्रतिस्पर्धा गर्न कांग्रेस र माओवादीलाई चुनौती दिएका छन्। 

मिसन ग्रासरुटअन्तर्गत जुम्लाको तातोपानी–४, हाकुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

‘हिम्मत छ भने हामीसँग विकास निर्माणका एजेन्डामा प्रतिस्पर्धा गर्नुस्। हामीले अघि सारेका विकास र समृद्धिलाई पछि पार्ने गरी कुनै कार्यक्रम ल्याउनूस्, त्यसपछि हामी पनि मानौँला', उनले भने। 

आफ्नो पार्टी सरकारमा हुँदा गाउँगाउँ पठाउन थालेको बजेटकै निरन्तर गाउँमा रकम आउन थालेको उनले बताए। 

एमालेकै कारण अहिले गाउँगाउँमा सिंहदबारको अवधारणा अघि बढेको चर्चा गर्दै केन्द्रीय सदस्य रिजाल भने, ‘गाउँलाई प्राथमिकता दिने, पिछडिएको क्षेत्रलाई मूल प्रवाहमा समावेश गर्ने वातावरण बनाउने, सबै क्षेत्रको समुचित विकासका लागि कदम चाल्ने र जनतालाई मजबुत बनाउने पार्टी एमाले मात्रै हो।'

नेपाल र नेपालीलाई बलियो बनाउन लागेकोमा चिन्तित भएका शक्तिहरुले एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको उनले उल्लेख गरे। 

‘हामीलाई यसमा धेरै चिन्ता छैन । किनभने, एमालेलाई जनताको समर्थन छ, हामीसँग विशाल कार्यकर्ता पंक्ति छ', उनले भने, 'यसैको बलमा हामी आगामी निर्वाचनबाट शानदार बहुमतका साथ सत्तामा पुग्नेछौँ । हामीलाई कुनै विदेशीले  दिएको कलो खानु छैन, बरु भोकै बस्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .