ad ad

राजनीति


एमाले राष्ट्रियसभा दलको नेतामा देवेन्द्र दाहाल

एमाले राष्ट्रियसभा दलको नेतामा देवेन्द्र दाहाल

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १८:५८, काठमाडौँ

नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी दिएका हुन्। 

उनले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित भएको बताएका छन्। 

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बताए।

त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको पनि बताए।

‘दलको नेतामा म आफैँ छँदैछु। उपनेतामा सुवासचन्द्र नेम्वाङ मनोनित हुनुभएको छ। प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ', उनले भने, 'राष्ट्रिय सभामा दलको नेताका
रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित हुनुभएको छ। प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ मनोनयन हुनुभएको छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .