राजनीति


नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

नेकपाले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम

नेपालखबर
पुस १८, २०७६ शुक्रबार ५:५४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो।

त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पासवान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ।

त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा बीसी (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको श्रेष्ठले बताए।

नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ। एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा) राष्टिपतिले मनोनयन गर्नेछिन्।

माघ ९ गते १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad