ad ad

राजनीति


उपराष्ट्रपति निर्वाचन : संघीय संसदतर्फ ३१० र प्रदेशतर्फ ५१८ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : संघीय संसदतर्फ ३१० र प्रदेशतर्फ ५१८ मत खस्यो

उपराष्ट्रपतिका उम्मेदवारहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १५:११, काठमाडौँ

उपराष्ट्रपतिको निर्वाचन सकिएको छ। संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेसम्म सांसदहरुले मतदान गरेका हुन्।

निर्धारित समयसम्म संघीय संसदतर्फ ३१० मत खसेको छ। उता प्रदेशसभाका ५१८ सदस्यहरुले मतदान गरेका छन्।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार संघतर्फ २२ र प्रदेशतर्फ ३२ जना सांसद अनुपस्थित भएका छन्। 

बर्तौलाका अनुसार संघतर्फ अनुपस्थित हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना र नेपाल मजदुर किसान पार्टीका एकजना सांसद रहेका छन्। 

उता प्रदेशसभातर्फ ३२ जना सदस्य अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा राप्रपाका २८, जनता समाजवादी पार्टीका १ र नेमकिपाका ३ जना सांसद छन्। 

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीमा ममता झा मैदानमा छन्।

जसपाकी सांसद प्रमिलाकुमारीले भने चुनावी प्रतिस्पर्धाबाट पछि हटेको घोषणा यसअघि नै गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .