ad ad

राजनीति


प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई कांग्रेसको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई कांग्रेसको ह्विप

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १२:५३, काठमाडौँ

नेपाली कांग्रेसले सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेको छ।

आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले विश्वासको मतका लागि सांसदहरुलाई ह्विप जारी गरेको हो।

 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कार्यसम्पादन समितिको बैठकले सरकारको पक्षमा मत दिने निर्णय गर्दै सांसदहरुलई ह्वीप जारी गर्न लागिएको बताएका छन्। 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई दिएको समर्थन गत फागुन १५ गते नेकपा एमालेले फिर्ता लिइसकेको छ। यस्तो अवस्थामा प्रचण्ड अहिले अल्पमतमा छन्। 

यस्तोमा उनले सोमबार विश्वासको मत लिने भएका हुन्। एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन फिर्ता लिएकाले प्रचण्डले फेरि संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .