ad ad

कला


पकेट मनीका लागि पीसीओमा ५ सयका लागि काम गर्थे कपिल

पकेट मनीका लागि पीसीओमा ५ सयका लागि काम गर्थे कपिल

कपिल शर्मा


नेपालखबर
चैत ५, २०७९ आइतबार १२:५६, काठमाडौँ

कपिल शर्मा करोडौं रुपैयाँ कर तिर्ने भारतका केही सेलिब्रेटीमध्ये एक हुन्। यद्यपि कपिलको पहिलो कमाइ ५ सय मात्रै थियो। प्रारम्भिक चरणमा, कपिल पीसीओ बुथमा काम गर्थे। त्यहाँबाट पाँच सय रुपैयाँ कमाउने गर्थे।

कपिल शर्मा

त्यसपछि १४ वर्षको उमेरमा पकेट मनीका लागि कारखानामा पनि काम गरे, जहाँबाट उनले मासिक ९ सय रुपैयाँ पाउँथे। कपिल आफ्नो खर्च आफैं चलाउन चाहने भएकाले यस्ता धेरै साना काम गरेको बताउँछन्।

घरबाट पैसा माग्न लाज 
कपिलले पुराना सम्झना बाँड्दै भने, ‘मैले धेरै साना काम गरेको छु। १० कक्षा पास गरेपछि कपडा मिलमा काम गर्न थालेँ। त्यहाँ यति धेरै गर्मी हुन्थ्यो कि अन्य ठाउँबाट आएका मजदुरहरू पनि गाउँतिर भाग्थे।’

उनले अगाडि भने, ‘घरबाट काम गर्ने दबाब नहुँदा पनि कमाएको पैसाले आमाका लागि म्युजिक सिस्टम वा उपहार किन्ने गर्थें।’

उनले घरबाट पैसा माग्न लाज लाग्ने भएकाले सानै उमेरमा कमाउन थालेको बताएका छन्।

सन् २०२१ को सुरुमा कपिल शर्माले एक वर्षमा १५ करोड रुपैयाँ आयकर तिर्ने गरेको खबर आएको थियो। उनले यो कुरा आफ्नो शो ‘द कपिल शर्मा शोस’को एक एपिसोडको समयमा भनेका थिए। अहिले उनी एक एपिसोडका लागि ५० लाख पारिश्रमिक लिन्छन्। चलचित्र र विज्ञापनबाट कमाउने आम्दानी छुट्टै छ। 

कपिल शर्मा

कपिलले २००६ को टीभी शो ‘हंसदे हंसदे रवो’बाट आफ्नो करियर सुरु गरेका थिए। उनी ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन ३’ जितेपछि चर्चामा आएका हुन्। उनले उक्त शोबाट १० लाख रुपैयाँ पुरस्कार पाएका थिए। उनले यही पुरस्कारमा पाएको पैसाले आफ्नी बहिनीको विवाह गरिदिएका थिए।

सन् २०१३ मा आफ्नो कमेडी शो कमेडी नाइट्स विथ कपिल सुरु गर्दा कपिल निकै नर्भस थिए। यही शोले उनलाई सफलता र लोकप्रियताको सिँढी चढायो। यो शोपछि उनी प्रसिद्धिको सिँढी चढ्न थाले। त्यसयता उनी लोकप्रियता र चर्चाको शिखरमा छन्। 

पछिल्लो समय कपिल फिल्म ‘ज्विगाटो’का कारण चर्चामा छन्। यो फिल्म यही चैत १७ मा रिलिज हुँदै छ। यो फिल्ममा कपिल एक डेलिभरी ब्वाईको भूमिकामा देखिँदैछन्।  नन्दिता दासले निर्देशन गरेको यो फिल्म एक पुरुषको जीवनमा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .