राजनीति


चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च

चन्द्र भण्डारीलाई सरकारले दियो ५५ लाख उपचार खर्च

नेपालखबर
चैत ६, २०७९ सोमबार १९:३६, काठमाडौँ

आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ।

गत महिना खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनी र उनकी आमा घाइते भएका थिए।

आमाको उपचारको क्रममा निधन भएको थियो भने भण्डारी अहिले भारतको मुम्बईमा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार भैरहेको उनको सचिवालयले सामाजिक संजाल मार्फत जानकारी दिएको छ। 

फागुन ११ गतेको मन्त्रिपरिषद बैठकले उपचारमा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको थियो। जस अनुसार फागुन महिनामा ५५ लाख ८८ हजार रुपैयाँ सहायता उपलब्ध गराएको अर्थले जनाएको छ।  

यस्तै, अर्थ मन्त्रालयले रामबाबु अधिकारी, विश्वेन्द्र पासवान र संग्रामे सार्कीलाई जनही ३ लाख रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेको मन्त्रालयले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad