ad ad

राजनीति


बागमतीमा आफ्नै 'ढोक्सा' थाप्ने कांग्रेसको दाउ

बागमतीमा आफ्नै 'ढोक्सा' थाप्ने कांग्रेसको दाउ

सुनिता विष्ट
चैत ८, २०७९ बुधबार १०:३१, काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज दोस्रोपटक बिश्वासको मत लिँदैछन्।

राप्रपा सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले आज संसद्‌मा पुन: विश्वासको मत लिन लागेका हुन्। 

राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयनका बेला नयाँ गठबन्धन बनेपछि राप्रपा केन्द्रसहित प्रदेश सरकारबाट समर्थन फिर्ता लिई बाहिरिएको थियो। गएको फागुन १३ गते राप्रपा सरकारबाट बाहिरिएपछि जम्मकट्टेलले पुन: विश्वासको मत लिन लागेका हुन्।

रकार अल्पमतमा परेपछि १ महिना भित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार आज मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा बिश्वासको मत माग्ने प्रस्ताव राख्ने कार्यसूची छ।

तर गठबन्धनमै रहेको कांग्रेसले भने माओवादीबाट मुख्यमन्त्री बनेका जम्मकट्टेललाई सहयोग नगर्ने रणनीति बनाएको छ। बरु आफै नेतृत्व लिनेगरी 'ढोक्सा' थाप्ने आन्तरिक तयारी थालेको छ।

पुरानै गठबन्धन ब्यूँतिएपछि आएको सत्ता समीकरणको बदलाबमा कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा बलियो दाबी पेश गरेको हो। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुपरे बागमतीमा आफ्नो दाबी गर्ने कांग्रेसले बताएको थियो। त्यही अडान कांग्रेसले कायम राखेको हो।

कांग्रेसका सांसदहरूले आज विश्वासको मतबारे निर्णय गर्न संसदीय समितिको बैठक डाकेको छ। संसद् बैठकअघि बिहान ११ बजे काठमाडौंमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको उनले बताए। बैठकले जम्मकट्टेललाई विश्वासको मत दिने वा आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने निर्णय गर्नेछ।

कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामाले बागमतीको मुख्यमन्त्रीको दाबी गरिरहेका छन्। प्रतिनिधि सभा सांसदको टिकट छोडेर प्रदेशको मुख्यमन्त्री बन्ने शर्तमा प्रदेश आएको बताउँदै आएका लामा बागमातीको नेतृत्व हत्याउने कसरतमा छन्। 

'संविधानको मुल्य र मान्यतालाई आधार मान्ने हो भने पनि बागमतीमा कांग्रेसकै नेतृत्व हुनुपर्छ,' लामाले भने। तर अहिले नै विश्वासको मत दिने वा नदिने भन्ने निर्णय भने नभइसकेको उनले बताए। 

 बिश्वासको मत दिने कुरामा भने कांग्रेस सकारात्मक नै रहेको लामाको भनाई छ। 

मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा लैजाने तयारी गरिरहँदा लामा नेतृत्व हत्याउने रणनीति तयार गरिरहेका छन्।

कांग्रेसको दाबी बलियो पार्दा मुख्यमन्त्री जम्मकट्टेल पद धरापमा परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .