राजनीति


राजेन्द्र लिङ्देनसहितका नेताले झापामा भेटे पूर्वराजा शाहलाई

राजेन्द्र लिङ्देनसहितका नेताले झापामा भेटे पूर्वराजा शाहलाई

झापामा पूर्वराजा शाहसँग भेट गर्दै राप्रपा नेताहरु


नेपालखबर
चैत ८, २०७९ बुधबार १५:३४, काठमाडौँ

राजतन्त्रको वाकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन्। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले झापामा रहेको पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन्। 

भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। 

तस्बिरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट,’ तर, राणाले भेटघाट भएको मितिबारे केही खुलाएका छैनन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उक्त भेट बुधबार (आजै) भएको पुष्टि गरेका छन्।

'भेट आजै झापामा भएको हो। राजतन्त्रको वकालत गर्ने पार्टी भएकाले यो भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ', उनले भने, 'यो नियमित भेट हो। भेटमा भएको कुराकानीको विस्तृत विवरण आइसकेको छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .