ad ad

राजनीति


लोसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा सहभागीताबारे निर्णय लिने

लोसपा कार्यकारिणी समितिको बैठक बस्दै, सरकारमा सहभागीताबारे निर्णय लिने

नेपालखबर
चैत ९, २०७९ बिहिबार ७:५२, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै छ। उपनिर्वाचन र सरकारमा सहभागीताका बारेमा निर्णय लिनका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। 

आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार चयन गर्नेबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ। 

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। 

सपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउनेगरी छलफल अघि बढिएको बुझिएको छ। 

यद्यपि, सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय भएको अवस्थामा के गर्ने भन्नेबारे आजको बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .