ad ad

राजनीति


सत्तारुढ दलकै सांसदको प्रश्न : नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ?

सत्तारुढ दलकै सांसदको प्रश्न : नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ?

नेपालखबर
चैत १२, २०७९ आइतबार १६:१, काठमाडौँ

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छन्।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले श्रमीकहरुलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरिन्। उनले नक्कली कागजपत्रहरु बनाएर वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

उनले नागीरकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्। सांसाद राईले सरकारले स्वदेशमा नै उद्योगधन्दाहरु खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको छ। विभिन्न खालका कागजपत्रहरु बनाएर, नक्कली कागजपत्रहरु बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ की पर्दैन। उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्देन? जे गर्दा पनि खुला रुपले यो ढंगले यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन्। त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नपर्छ। पहिला त स्वदेशमा नै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा लगाउनुपर्छ।’

सांसद राईले युवाहरुलाई स्वरोजगार बनाइ समाजमा सम्मानपूर्वक बाच्न दिनुपर्ने बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .