ad ad

राजनीति


राष्ट्रिय सभाबाट ‘राष्ट्रिय मर्यादा विधेयक’ स्वीकृत

राष्ट्रिय सभाबाट ‘राष्ट्रिय मर्यादा विधेयक’ स्वीकृत

नेपालखबर
चैत १२, २०७९ आइतबार १६:३७, काठमाडौँ

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो। डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए।

विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए।

विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .