फागुन १ लाई जनयुद्ध दिवश मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ। द्वन्द्व पीडितहरुले आइतबार दायर गरेको रिट दर्ता भने भइसकेको छैन।
रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले निर्णय गरेपछि गएको फागुन १ गतेलाई जनयुद्ध दिवश मनाइएको थियो।
गोरखाका गंगामाया अधिकारी, रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याणी बुढाथोकी लगायतले रिट दायर गरेका छन्।
रिट दर्ता हुने वा नहुने भन्ने सर्वोच्च प्रशासनले सोमबार टुंगो लाग्नेछ।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया