सत्तारुढ १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षबिना नै सकिएको हो।
मन्त्रीपरिषद् विस्तारबारे निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकियो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको बताउँदै बुधवार बसेर निष्कर्ष निकाल्ने बताए।
उनले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताएका छन्।
‘सरकारसमर्थक दलको बेठक बस्यो। सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भयो', उनले भने, 'भोलि फेरि बैठक बस्नेछ। भागबन्डाबारे छलफल भएन। सरकार चाँडै विस्तार गर्नेगरी छलफल भयो। मन्त्रालय नमिल्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयबारे विवाद छैन।’
प्रमुख सचेतक लेखकले मन्त्रालयबारे केही समस्या नरहेको दोहोर्याएका छन्। उनले आजको बैठकमा मन्त्रालय भागबण्डाले प्रवेश नपाएको दाबी गरे।
प्रतिक्रिया