ad ad

राजनीति


नागरिकको वित्तीय पहुँच सहज पार्ने कानुन बनाउन कांग्रेसको आग्रह

नागरिकको वित्तीय पहुँच सहज पार्ने कानुन बनाउन कांग्रेसको आग्रह

नेपालखबर
चैत १६, २०७९ बिहिबार १४:१०, काठमाडौँ

नेपाली कांग्रेसले आमनागरिकको वित्तीय पहुँचलाई सहज बनाउन आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न सरकारसँग आग्रह गरेको छ। 

केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्ते आग्रह गरेको हो। 

कांग्रेसल मिटरब्याज पीडितको माग सम्बोधन गरेर शीघ्र सार्थक निष्कर्षमा पुर्‍याउन पनि सरकारसँग आग्रह गरेको छ।

‘पीडितको माग सम्बोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन र आमनागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ,’ बैठकका निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेसले मिटरब्याज पीडित पक्ष र सरकारबीच सुरु संवाद सकारात्मक रहेको पनि जनाएको छ। 

‘मिटरब्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक छ।’

बैठकले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .