ad ad

राजनीति


सरकार–मिटरब्याज पीडित वार्तामा चार निर्णय, आजै साँझ पुनः छलफलमा बस्ने

सरकार–मिटरब्याज पीडित वार्तामा चार निर्णय, आजै साँझ पुनः छलफलमा बस्ने

फाइल तस्बिर : आन्दोलनमा मिटरब्याज पीडित


नेपालखबर
चैत १६, २०७९ बिहिबार १४:२५, काठमाडौँ

सरकार र मिटरब्याज पीडितबीच आज भएको वार्ता साँझ पुनः छलफलमा बस्ने गरी सकिएको छ।  

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितबीच आजै साँझ पुनः वार्तामा बस्ने सहमतिसहित चारबुँदे निर्णय भएको हो। 

यस्ता छन् निर्णय (जस्ताको तस्तै) :

१. मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी लेखिएको ९ (नौ) बुँदे मागसहितको निवेदन समितिका संयोजक श्री मनोज पासवानले सरकारी वार्ता टोलीका संयोजक सहसचिव श्री रुद्रादेवी शर्मालाई बुझाउनुभयो।

२. वार्ताको क्रममा निवेदनमा उल्लेख भएका मागका सम्बन्धमा बृहत् रूपमा छलफल भयो। 

३. सरकारी वार्ता टोलीका तर्फबाट मिटरब्याज पीडितका पक्षमा हालसम्म सरकारबाट भएका प्रयासहरूको बारेमा जानकारी गराइनुका साथै सरकार मिटरब्याज पीडितहरूको मुद्दामा पूर्ण संवेदनशील रहेको र पीडितहरूलाई न्याय प्रदान गर्न कानुनी, नीतिगत तथा व्यावहारिक सबै उपायको खोजी गर्न तत्पर रहेको धारणा व्यक्त गरियो।

४. वार्ताको क्रममा मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालको तर्फबाट यसअघि मिटरब्याज अपराध नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदनसमेत अध्ययन गर्न र अन्य पीडितहरूसँग छलफल गर्न समय माग गर्नुभएकोले आज पुनः साँझ ६ बजे छलफल गर्ने सहमति भयो।

मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेरै काठमाडौँ आई आन्दोलनरत छन्।  

यसअघि सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .