ad ad

राजनीति


तनहुँ १ उपनिर्वाचन : एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

तनहुँ १ उपनिर्वाचन : एमालेबाट सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार २०:१०, काठमाडौँ

आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ।

मंसिरको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि हुन लागेको उपनिर्वाचनका लागि एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको हो।

खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा पनि उठेका थिए। तर उनी त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए।

अहिले उनी गृहजिल्ला फर्किएर चुनावी तयारीमा लागेका हुन्। उपनिर्वाचन हुने भएपछि भानु गृहनगर भएका उनी करिब एक महिनादेखि तनहुँमा सक्रिय छन्। 

एमाले तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बैठकबाट उपनिर्वाचनका लागि टिकटमा चासो देखाएका पूर्वआईजीपी खनाल तथा अन्य नेताहरु रामबहादुर गुरुङ, किरण धिताल, मोहन विक र सोझा गुरुङ र परितोश पौडेलको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। 

यसअघि मंसिरमा यहाँ कांग्रेसका पौडेलसँग एमालेका एकबहादुर राना पराजित भएका थिए। तर उनले यस पटक चुनावमा उठ्न चासो दिएनन्।  

कांग्रेसले यसअघि नै केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई प्रतिनिधिसभा सदस्यमा उठाउने निर्णय गरिसकेको छ। 

उता बिहीबार मात्रै कांग्रेस छाडेका डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन लड्ने तयारीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .