सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) र रक्षा सम्वाददाताबीचको मैत्रिपूर्ण फुटबलमा सेनाको टिम विजयी भएको छ।
सैनिक मुख्यालयस्थित मैदानमा भएको खेलमा डीपीआरको टिम २–० ले विजयी भएको हो।
सेनाको जितमा सेनानी सौगातसिंह राठौर र सेनानी प्रकाश घिसिङले एक एक गोल गरे। पहिलो हाफमा १–० को राठौरको गोलमा अग्रता बनाएको सेनाले दोस्रो हाफमा अर्को गोल थप्यो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२ औं स्थापना दिवस मैत्रीपूर्ण फुटबलसँगै विभिन्न कार्यक्रम गरी मनाइएको छ। शुक्रबार जंगी अड्डामा विशेष कार्यक्रमकाबीच स्थापना दिवश मनाउने तयारी रहेको सेनाले जनाएको छ।
२०५८ साल चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो।
210
Shares

प्रतिक्रिया