राजनीति


नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे, राष्ट्रपतिको कार्यालयले तयारी थाल्यो

नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे, राष्ट्रपतिको कार्यालयले तयारी थाल्यो

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार ११:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका नयाँ सदस्यहरुको शपथ दिउँसो ३ बजे हुने भएको छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासले १० दलीय गठबन्धनबाट नियुक्त हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने गरी तयारी थालेको हो। 

राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितलाई निर्देशन दिएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका एक सदस्यले मन्त्रीहरूको शपथ ३ बजे गराउने गरी आवश्यक तयारी भएकोबताए। 

मन्त्रिपरिषद विस्तार र शपथग्रहणबारे शुक्रबार बिहानै राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले भेटेर फर्किसकेका छन्। 

सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक-एक मन्त्रालयमा सहमति जुटाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .