ad ad

राजनीति


सम्मानजनक सहभागिता नभए सरकारमा नजाने कांग्रेस इतर समूहको अडान

सम्मानजनक सहभागिता नभए सरकारमा नजाने कांग्रेस इतर समूहको अडान

फाइल।


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १२:३३, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहले सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी नहुने अडान राखेको छ। 

मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा शुक्रबार बसेको उक्त समूहको बैठकले सम्मानजनक सहभागिता नभए सरकारमा सहभागी नहुने अडान राखेको हो। 

सहमहामन्त्री जीवन परियारले सम्मानजनक सहभागिता नभए सरकारमा नजाने र बाहिरै बस्ने जानकारी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइएको पनि बताए।   

‘हामी छलफलमा बसेको थियौँ। सम्मानजनक सहभागिता नभए सरकारमा जान्नौँ।  बाहिरै बस्छौँ,’ उनले भने, ‘यो बारे हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनिसकेका छौँ।’

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ७ मन्त्रालय पाउने सहमति भइसकेको छ। इतर समूहले जसमध्ये कम्तिमा ३ मन्त्रालय पाउनु पर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .