राजनीति


प्रकोपबाट घरबारविहीनलाई वर्षाअगावै आवासको व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

प्रकोपबाट घरबारविहीनलाई वर्षाअगावै आवासको व्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

नेपालखबर
चैत १९, २०७९ आइतबार १५:७, काठमाडौँ

शहरी विकासमन्त्री सीता गुरुङले आगलागी लगायत प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनुअगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन्।

आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले विपद् प्रभावित भई घरविहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन्।

‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ। त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस्।’

विभागले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिअनुसार विपद्का कारण घरबारविहीन भएका परिवारलाई आवासकालागि जस्तापाता र सहुलियत दरको काठ लगायतका सामाग्री खरिदकालागि अनुदान दिने व्यवस्था छ भने विपन्न समुदायलाई घर निर्माणमा अनुदान दिने कार्यक्रम छ। तर त्यस्तो अनुदान कार्यक्रम प्रभावकारी छैन। 

मन्त्री गुरुङले सरकारी लगानीबाट बढीभन्दा बढी परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी छिन्। 

उनले काठमाडौंको फोहोरमैला व्यवस्थापनमा चासो राख्दै बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउनुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad