राजनीति


जनताले फरक अनुभूति नगरे अहिलेसम्मको उपलब्धि धरापमा पर्छ : प्रधानमन्त्री

अबको दुई दिनमा सरकारले पूर्णता पाउने भनाइ
जनताले फरक अनुभूति नगरे अहिलेसम्मको उपलब्धि धरापमा पर्छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०७९ बुधबार १२:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्रै सरकारले शतप्रतिशत पूर्णता पाउने दाबी गरेका छन्।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

दाहालले सरकारले लगभग पूर्णता पाइसकेको बताउँदै अबको दुई दिनभित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए।

उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए। 

प्रधानमन्त्रीले अब गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए।

जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने पनि उनको भनाइ थियो।

‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ। अहिले सरकारले करिव-करिव पूर्णता पाएको छ। आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ', उनले भने, 'हाम्रो सबै ध्यान अब सरकारको नीति र बजेट निर्माणमा केन्द्रित हुनेछ। कुन बाटो जाने केन्द्रित हुनेछ। जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट बनाउनु भनेको थिएँ। त्यो महससु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ। यसमा म गम्भीर छु।’

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .